Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रञ्जु दर्शनाले क्षेत्र नं . ५ नै किन रोजिन ?


  • आइतबार, असार १९ २०७९

  • रञ्जु दर्शनाले क्षेत्र नं . ५ नै किन रोजिन ?

    काठमाडौं – काठमाडौंको मेयरमा उठेर चर्चा कमाएकी रञ्जु दर्शनाले संघिय सांसदमा उम्मेदवार बन्ने घोषणा गरिकी छिन । विवेकशिल साँझा पार्टी परित्याग गरेर स्वतन्त्र हैसियतमा रहेकी दर्शना ले काठमाडौंको क्षेत्र नं ५ वाट उम्मेदवारी दिने घोषणा गरेकी छिन । ०७४ सालको स्थानिय निर्वाचनमा मेयरमा उम्मेदवारी दिएर २३ हजार ४३९ मत ल्याएकी दर्शनाले क्षेत्र ५ नै किन रोजिन त ?
    उनले क्षेत्र नं ५ रोज्नुमा विवेकशिल साँझाका तत्कालीन अध्यक्ष उज्वल थापाले अघिल्लो संसदिय निर्वाचनमा यसै क्षेत्रवाट ल्याएको ६ हजार ८ सय ५३ भोटको आधार नै मुख्य हो । कोभिड संक्रमणका कारण उनको निधन भइसकेको छ । उनकै उत्तराधिकारीका रूपमा आफुलाई प्रस्तुत गरेर चुनावी माहोल बनाउने उनको रणनिति हुन सक्ने विश्लेषण हुँदै आएको छ । स्वतन्त्रहरुको माहोल सकारात्मक देखिएको वेला उज्वल थापाको लिगेशी समातेर चुनाव जित्न सकिन्छ भनेर नै उनले क्षेत्र नं . ५ मा उम्मेदवारी दिन खोजेको प्रष्ट देखिन्छ ।
    यस क्षेत्रमा निरन्तर दुइ पटक चुनाव जितेक एमालेका इश्वर पोखरेलको माहोल खस्केकाले पनि रज्जु क्षेत्र नं ५ मा उत्साहीत देखिएको हुन । कोभिड महामारीका समयमा रक्षा मन्त्री रहेका पोखरेल ओम्नी लगाएतका काण्डमा विवादमा परेको र क्षेत्र नं ५ का लागी कुनै उल्लेखनीय योगदान नगरेको फाइदा उठाउन सकिन्छ भन्ने बुझाइका कारण पनि दर्शनाको रोजाई क्षेत्र नं ५ परेको हुन सक्दछ ।
    क्षेत्र नं . ५का जनता पोखरेलबाट निराश बनेको वेला कांग्रेसले समेत यस क्षेत्रमा संगठित रूपमा अघि बढ्न नसक्नु रञ्जुको लागी थप अनुकुल महशुस हुन पुऱ्यो । गत स्थानिय निर्वाचनमा कांग्रेसले गतिलो परिणाम निकाल्न सकेको छैन । घात – अन्तर्धात थलिएको कांग्रेस कमजोर अवस्थामा देखिनु रञ्जु दर्शनाहरुको लागी उत्साह भर्ने कारण बन्नु अस्वभाविक होइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij