काठमाडौं – पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगवाट मान्यता पाएको छ । आयोगले आज दल दर्ताको प्रमाणपत्र दिएको छ । दल दर्ता संग २१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ ।
सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा. राकेश यादव, प्रमिला कलुजु, रविना घिमिरे र एलिजा गुरुङ छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
