काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ दल घोषणा गर्ने भएका छन । राष्ट्रिय सभाका सांसद समेत रहेका गौतम तत्कालीन नेकपाका उपाध्यक्ष थिए ।
नेकपा विभाजन पछि उनी कतै पनि खुलेका थिएनन । गौतमले तत्कालीन एमाले विभाजन गरेर नेकपा माले स्थापना गरी महासचिव बनेका थिए । पछि माले र एमाले विच एकिकरण भएको थियो । आज अपरान्ह तीन बजे गौतमले आफ्नो दल घोषणा गर्ने भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
