Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जिसस पाल्पामा एमालेको प्यानल विजयी


  • शुक्रबार, असार ३ २०७९

  • जिसस पाल्पामा एमालेको प्यानल विजयी

    पाल्पा -जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा टंकनाथ खनाल तथा उपप्रमुखमा काशिका ज्ञवाली गैरे निर्वाचित भएका छन् ।

    यस्तै सदस्यहरुमा वसन्ता ज्ञवाली, केशमाया सुनार,( दलित महिला दसस्य) विष्णुकुमारी कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु (महिला सदस्य), रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भए । निर्वाचित सबै पदाधिकारीले ११ मत ल्याएका छन् । गठबन्धन दलको तर्फबाट उम्मेद्वारी दिएका उम्मेदवारहरुले ९ मत ल्याएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij