काठमाडौं – बजेट निर्माणमा अर्थमन्त्रीको प्रतिनिधि बनेर अनधिकृत व्यक्ति प्रवेश गरेको र निश्चित व्यापारीलाई फाइदा पुग्नेगरी करको दायरा हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमाले मुख्य सचेतक विशाल भट्टराइले विषय संसदमा प्रवेश भइसकेकाले संसदिय छानविन समिति गठन हुनपर्ने माग गरे । यस अघि एमालेले अर्थमन्त्रीको राजिनामा माग गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
