काठमाडौं – प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले नर्वेजियन युवा स्ट्रइकर एर्लिङ हालान्डलाई अनुबन्ध गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेल्दै आएका २१ वर्षीय हालान्डले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनी २०२७ को समरसम्म सिटीमा रहनेछन् ।वर्तमान विश्व फुटबलका चर्चित युवा स्टार हालान्डले साढे दुई वर्ष डर्टमण्डमा रहँदा ८९ खेलमा ८६ गोल गरेका थिए । उनले जर्मन कप जित्नुका साथै बुण्डेसलिगा प्लेयर अफ दि सिजनको अवार्ड समेत जितेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
