Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र नं ५ मा क-कस्का आँखा ?


  • बिहिबार, जेष्ठ २६ २०७९

  • काठमाडौं क्षेत्र नं ५ मा क-कस्का आँखा ?

    काठमाडौं – आम निर्वाचनको मिति घोषणा भएको छैन । तर स्वतन्त्र देखी राजनितिक दल सम्मले आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन । यहि क्रममा काठमाडौंको क्षेत्र नं ५ मा केहि चर्चित अनुहारहरुले आँखा लगाएका छन । अघिल्लो निर्वाचनमा एमाले वरिष्ठ नेता इश्वर पोखरेलले यो क्षेत्रमा विजय हासिल गरे । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई पोखरेलले फराकिलो अन्तरले पराजित गरेका थिए । त्यस अघि कांग्रेसका नरहरी आचार्यले लगातार दुई पटक चुनाव जितेका थिए ।
    काठमाडौं ५ बाट एमालेका नेता पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा. महतले १३ हजार १६९ मत ल्याएका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष उज्वल थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए । थापाको कोभिड संक्रमणका कारण गत वर्ष निधन भइसकेको छ ।
    एमाले नेता पोखरेल यहि क्षेत्रवाट चुनाव लड्ने निश्चित जस्तै छ । तर कांग्रेस प्रवक्ता डा. महत यहि क्षेत्रवाट चुनाव लडेने वा नलड्ने वारे अनेक अड्कलवाजी सुरु भएको छ । एकथरी उनी नुवाकोटबाट चुनाव लड्दै छन भन्ने अनुमान गर्छन भने अर्का थरी क्षेत्र नं ५ बाटै चुनाव लड्ने अनुमान गर्छन । कोहि डा. महत समानुपातिकमा बस्ने अडकल काड्छन । उनी आफैले भने अहिले सम्म मुख खोलेका छैनन ।
    तर क्षेत्र नं . ५ मा उम्मेदवार घोषणा गर्ने क्रम सुरु भइसकेको छ । विवेकशिल साँझा पार्टीवाट अघिल्लो स्थानिय निर्वाचनमा उम्मेदवार बनेकी रञ्जु दर्शनाले यहि क्षेत्रवाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छिन । विवेकशिलका तत्कालीन अध्यक्ष उज्वल थापाले ल्याएको करिव ७ हजार मतको जगमा दर्शनाले उम्मेदवारी घोषणा गरेको प्रष्टै छ ।
    जनता समाजवादी पार्टीकी मानुसी भट्टराईले पनि काठमाडौं क्षेत्र नं ५ वाट उम्मेदवारी दिने बताएकी छिन । उनी पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टाराईकी छोरी हुन ।
    कांग्रेसबाट डा . महतका अलावा अन्य नेताहरुको समेत चर्चा सुरु भएको छ । कांग्रेस युवा नेताहरु प्रदिप पौडेल, नैनशिंह महर, गोविन्द भट्टराई र क्षेत्रिय सभापति श्याम खड्काको चर्चा छ ।
    क्षेत्रिय सभापति खड्काले डा . महत नउठेमा आफु स्वभाविक दावेदार रहेको बताउँदै आएका छन । स्थानिय कार्यकर्ता पनि डा. महतले क्षेत्र छाडेमा स्थानिय उम्मेदवारले नै मौका पाउनु पर्ने पक्षमा देखिएका छन ।
    काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४ र ५, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं. ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ भित्र पर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij