काठमाडौं -चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको टोलीले पैसा सहित पक्राउ गरेको हो । कारको डिक्किमा बोरामा राखेको अवस्थामा पैसा वरामद भएको हो । आवश्यक अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
