Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी


  • सोमबार, जेष्ठ १६ २०७९

  • त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

    उदयपुर -उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका वसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएका हुन् । कांग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ निर्वाचित भए ।
    उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका बलदेव चौधरी ९ हजार १४७ मतसहित तेश्रो स्थानमा रहे ।
    उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९८१ मत पाइन् । नेकपा माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५६८ मत पाइन् ।

    १६ वटा वडा रहेको त्रियुगाको कुल खसेको मत ४० हजार १३७ हो । कांग्रेसले नौवटा वडा, एमालेले चारवटा र माओवादी केन्द्रले तीन वडामा वडाध्यक्ष जितेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij