Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोलि काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण हुने


  • आइतबार, जेष्ठ १५ २०७९

  • भोलि काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण हुने

    काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सोमबार शपथग्रहण गर्ने भएका छन् । महानगरमा मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्यलगायतले शपथग्रहण गर्ने भएका हुन् ।
    भोलि बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले स्वतन्त्रबाट निर्वाचित महानगरका मेयर बालेन्द्र शाहलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ । त्यसपछि मेयर शाहले अन्य जनप्रतिनिधिहरूलाई शपथग्रहण गराउनेछन् ।
    राष्ट्रिय सभागृहमा हुने शपथग्रहण कार्यक्रमपछि मेयर शाह र उपमेयर सुनीता डंगोलले पदभार ग्रहण गर्नेछन् । महानगरका कुल ३२ वडामध्ये १९ वडाको नेतृत्व नेपाली कांग्रेसले लिएको छ । नेकपा एमालेले १२ र नेकपा एकीकृत समाजवादीले एउटा वडाको नेतृत्व लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij