काठमाडौं निजगढ अन्तराष्ट्रिय विमान स्थल बनाउँन रोक्न सर्वोच्च अदालतले गरेको फैसला प्रति एमाले नेता प्रदिप ज्ञवालीले असन्तुष्टि प्रकट गरेका छन । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले भनेका छन – निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ ।
नेता ज्ञवालीले फैसलाले कार्यकारीको अधिकार क्षेत्र मिचिएको बताए । उनले भनेका छन -यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर् याएको छ ।
आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला?
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
