काठमाडौं – काठमाडौं महानगर पालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक पुगेका छन । उनले १ लाख ६६ हजार ३१३ मत गणना हुँदा ५४ हजार २१३ मत प्राप्त गरेका छन । दोस्रो स्थानमा उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३४ हजार १८० मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका एमालेका मेयर उमेदवार केशव स्थापितको पक्षमा ३३ हजार ६०९ मत प्राप्त गरेका छन ।
२४ हजार ८ सय ७३ मत गणना बाँकी हुँदा बालेनले बालेनले २० हजार ३३ मतको अग्रता बनाएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
