Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इश्वर पोखरेलको वडामा कांग्रेसको जित, व्यवसायी कुँवरसंग यस कारण भयो खटपट !


  • मंगलबार, जेष्ठ ३ २०७९

  • इश्वर पोखरेलको वडामा कांग्रेसको जित, व्यवसायी कुँवरसंग यस कारण भयो खटपट !

    काठमाडौं – टोखा नगर पालिकाको वार्ड नं. ६ मा कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेस उम्मेदवार शान्ता पौडेलले १०७४ मतका साथ एमालेका उम्मेदवार भगवान केसी लाई पराजित गरेकी हुन । केसीले ७६८ मत प्राप्त गरेका छन । पौडेललाई स्वतन्त्र उम्मेदवार शंकर भण्डारीले सर्मथन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । वडा सदस्यहरुमा पनि कांग्रेसकै तन्जु लुँइटेल ममता सुनार र बलराम राउतले जित हात पारेका छन । एक सदस्यमा एमालेका चन्द्र श्रेष्ठ विजयी भएका छन । कांग्रेसले जितेको उक्त वडा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको वडा हो ।

    पोखरेल कै रोजाईका उम्मेदवार

    एमालेबाट उम्मेदवार बनेका केसी एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलकै रोजाइका उम्मेदवार हुन । अन्य आकांक्षीलाई पन्छाएर पोखरेलले केसीलाई उम्मेदवार बनाएका थिए । केसीलाई उम्मेदवार बनाए पछि पोखरेल र व्यवसायी दीपक कुँवर विचको सम्बन्धमा समेत खटपट भएको छ ।
    पोखरेलले केसीलाई उम्मेवार बनाउने भए पछि व्यवसायी कुँवरले उनलाई उम्मेदवार नबनाउँन दवाव दिएका थिए । तर पोखरेलले कुँवरको आग्रहलाई लत्याईदिए ।
    कुँवरले केसी कुनै वेला आफ्नो कर्मचारी भएको र ठूलो धोखा दिएको भन्दै उम्मेदवार नबनाउँन पोखरेललाई आग्रह गरेका थिए । आफुसंग धनिष्ठ सम्बन्ध भएकाले पोखरेलले आग्रह मान्ने विश्वास कुँवरलाई थियो । तर पोखरेलले नमाने पछि सम्बन्ध कटुतापूर्ण वन्न पुगेको छ । पोखरेलले कुँवरलाई सानो कुरामा नअल्झिन आग्रह गरेर सम्बन्ध सुर्धान खोजे पनि उनले वास्ता नगरेको बताइएको छ । पोखरल कुँवरले नै निर्माण गरेको कुँवर कोलनी भित्र वस्ने गर्छन ।
    यता व्यवसायी कुँवरले चुनावका बेला एमाले र कांग्रेस नेताहरुलाई आफु अनुकूलका उम्मेदवार उठाइदिन दवाव दिएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij