Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुम्लामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित


  • आइतबार, जेष्ठ १ २०७९

  • जुम्लामा  स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित

    काठमाडौं– जुम्लाको कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ । वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा उठेका तीन जना स्वतन्त्र उम्मेदवाहरु पनि विजयी भएका हुन् ।

    धनबहादुरले २८८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कप्तान बहादुर शाहीले २२० मत ल्याए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका छन्। दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल निर्वाचित भएकी छन्। महिला सदस्यमा भने काँग्रेसकी रामुदेवी काफ्ले निर्वाचित भएकी छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij