Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा निर्वाचन जेठ ३ गते हुने


  • बुधबार, बैशाख २८ २०७९

  • कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा  निर्वाचन जेठ ३ गते हुने

    कपिलवस्तु– कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । उक्त नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो ।

    निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । जसअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली काँग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।
    उसो नगरपालिकामा मौन अवधि वैशाख ३१ गते साँझबाट लागु हुने छ । ​

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij