Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युगाण्डासँग नेपाली महिला क्रिकेट टोलीले टी– २० शृंखला खेल्ने


  • बुधबार, बैशाख २८ २०७९

  • युगाण्डासँग नेपाली महिला क्रिकेट टोलीले  टी– २० शृंखला खेल्ने

    काठमाडाैं – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले युगाण्डासँगको अन्तर्राष्ट्रिय शृंखलाको मिति सार्वजनिक गरेको छ । नेपालले शृंखलाको पहिलो खेल जेठ २ गते खेल्नेछ । जेठ ३, ५, ६ र ७ गते शृंखलाका खेलहरु आयोजना हुनेछन् ।
    आसन्न एसिया कप छनोटको तयारीमा रहेको नेपालले खेलाडीलाई एक्स्पोजरका लागि युगाण्डालाई आमन्त्रण गरेको हो । शृंखलाका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij