Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ऐतिहासिक टोखा बजारको विकासमा कांग्रेसले जनायो यस्तो प्रतिबद्धता


  • मंगलबार, बैशाख २७ २०७९

  • ऐतिहासिक टोखा बजारको विकासमा कांग्रेसले जनायो यस्तो प्रतिबद्धता

    काठमाडौं– नेपाली कांग्रेसले टोखा नगरपालिकाको वडा नं. २ र ३ लाई समेटेर अलगै प्रतिबद्धता पत्र जारी गरेको छ । टोखा नगरको सांस्कृतिक एंव पुरातात्वीक शहर लक्षित कार्यक्रममा त्यहाँ संस्कृति र सभ्यतालाई समेटिएको छ । प्राचिन धरोहरको संरक्षण, परम्परागत मौलिक शैलीका घरहरुको निर्माण, टोखाको चाकुको आधुनिकरण र बजार विस्तार, नेवारी भाषा र रञ्जना लिपीको संरक्षण जस्ता विषय कांग्रेसले आफ्नो प्रतिबद्धता पत्रमा समेटेको छ ।
    कांग्रेसबाट टोखा नगरपालिकामा मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ तथा वडा २ अध्यक्षमा रवि डंगोल (माइला) र वडा ३ मा रमेश जोशीसहितको टिम चुनावी मैदानमा छन् ।

    यस्तो छ विशेष प्रतिबद्धता पत्र

    १, टोखा प्राचिन, पुुरातत्वीक र सांस्कृतिक शहर मात्र होइन सभ्यता पनि हो ।
    २, यहि ऐतिहासिक शहरको नामबाट टोखा नगरपालिका नामाकरण हुनु हामी सबै नगरबासीको गौरव हो ।
    ३, टोखाको मौलिक जीवन शैली, खानपान, संस्कृति भेषभुषा र रिती रिवाजको संरक्षण र सम्बर्धन गर्नु हाम्रो कर्तव्य हो ।
    ४, काठमाडौं उपत्यकाका आदीवासी नेवार सभ्यताको प्रतिकका रुपमा रहेको टोखा बजारको मौलिक विकासका लागि हामी प्रतिबद्ध छौं ।
    ५,नेवारी भाषा र रञ्जना लिपीको संरक्षणमा विशेष कार्यक्रम लागु गर्नुका साथै नेवारी भाषा र रञ्जना लिपीलाई नगरको कामकाजको भाषाको रुपमा मान्यता दिइनेछ । नगरको लेटरहेडमै रञ्जना लिपी प्रयोग गर्ने प्रतिबद्धता प्रकट गर्दछौ ।
    ६, टोखा शहरको ऐतिहासिक पहिचान, सभ्यता, भेषभुषा, जीवन पद्धतीलाई जीवन्त राख्न संग्राहलयको अवधारणा लागु गरिने छ ।
    ७, सामान्य ज्ञानमा समेत उल्लेख भएको टोखाको चाकुलाई ‘ब्राण्डिङ’ गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पु¥याउन विशेष कार्यक्रम लागु गरिने छ ।
    ८, ऐतिहासिक टोखा बजारमा मौलिक नेपाली शैलीको घर निर्माणलाई प्रोत्साहन गरी नक्सा पास लगाएतका कार्यमा छुट व्यवस्था गरी अन्य आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराइने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij