काठमाडौं – किर्तिमानी भारोत्तोलोन खेलाडी सञ्जु चौधरीले आत्महत्या गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आज विहान उनी आफ्नै प्रशिक्षकको घरमा मृत फेला परेकी थिइन ।
“भुण्डिएको अवस्थामा फेला परेकी चौधरीले आत्महत्या गरेको देखिन्छ’ ललितपुर प्रहरीका एक अधिकृतले – भने । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालगञ्जकी सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनी १९ एसियाडको तयारीमा थिइन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
