काठमाडौं – टोखा नगर पालिका वार्ड नं ७ मा कांग्रेसले नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेन्द्र केसिलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । केसी नेपाली चलचित्र क्षेत्रका परिचित कलाकार हुन । ५० भन्दा वढी चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका केसी राजनिति मार्फत जनताको सेवा गर्न चाहन्छन ।
सोहि वडामा शसस्त्र प्रहरीका पूर्व एसएसपी श्रीकान्त कोइराला पनि चुनावी मैदानमा छन । तीस वर्ष प्रहरी सेवामा विताएका कोइराला आफ्नो अनुभव जनताको सेवामा लगाउन वडा सदस्यको उम्मेदवारको रुपया चुनावी मैदानमा छन । पराराष्ट्र सेवावाट अवकास पाएका अधिकृत हरि अर्याल पनि सोही वडामा सदस्यका उम्मेदवार बनेका छन । विभिन्न देशका दुतावासमा कुटनितिज्ञ का रूपमा सेवा गरेका अर्यालले पनि राजनिति मार्फत जनताको सेवा गर्ने जर्मको गरेका छन ।
सामाजिक क्षेत्रमा रुचि राख्ने अनु थापा र गिता देवी लकान्द्री गिरी पनि घर गृहस्थी सम्हाल्दै राजनिति मार्फत जनताको सेवा गर्न चुनावी मैदानमा छन । आफुहरुलाई कांग्रेसले मौका दिएकोमा उनीहरु खुसी छन । आफुहरुको अनुभवी टिमलाई जनताले विजयी गराउँनेमा उनीहरु विश्वस्त देखिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
