काठमाडौं– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा (एमाले)का दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी इन्द्रसरोवर–१ की लक्ष्मी दमाइँ र इन्द्रसरोवर–४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएको भएको बताइएको छ ।
ती वडामा उक्त पदमा अरू कसैको पनि उमेदवारी नपरेकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
