काठमाडौं– नेकपा (एमाले) ले केन्द्रीय पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।
कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको हो । प्रतिष्ठानको उक्त भवन एमालेले ५ वर्षका लागि भाडामा लिएको हो । थापाथलीमामा रहेको कार्यालयमा ठाउँ नपुगेपछि तुल्सीलाल स्मृति भवनमा सरेको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
