Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जसपा छाडेर गाउँपालिका अध्यक्ष यादव कांग्रेसमा प्रवेश


  • मंगलबार, बैशाख ६ २०७९

  • जसपा छाडेर गाउँपालिका अध्यक्ष यादव कांग्रेसमा प्रवेश

    जनकपुरधाम – सप्तरी जिल्लाको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव जनता समाजवादी पार्टी (जसपा) छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
    मंगलबार कांग्रेसको राजविराजस्थित कार्यालयमा आएर उनी कांग्रेस प्रवेश गरेका हुन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध थिए ।
    यादवलाई कांग्रेस केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह लगायतले पार्टी प्रवेश गराए ।
    कार्यक्रममा महादेवा गाउँपालिका ३ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाअध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सुदर्शन सिंह पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij