काठमाडौं – खुमलटार युथ क्लब ए डिभिजनमा बढुवा भएको छ । बी डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार पहिलो पटक ए डिभिजनमा उक्लेको हो ।
यसअघि चर्च ब्वाइज युनाइटेड बी डिभिजन च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भइसकेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सामाजिक युथका विकास लिम्बुले खेलको अन्तिम समयमा आत्मघाती गोल गरेपछि खुमलटार विजयी भएको हो । त्यसअघि सविन केसीले गोल गर्दै खुमलटारलाई पहिले अग्रता दिलाएका थिए ।
सुरेश खत्रीले सामाजिक युथ क्लबका लागि बराबरी गोल फर्काएका थिए । पराजित सामाजिक युथ क्लब सी डिभिजनमा घटुवा भएको छ । यसअघि नै झम्सिखेल युथ क्लब सी डिभिजनमा घटुवा भइसकेको छ । १४ टोली सहभागी बी डिभिजन लिगबाट दुई टोली ए डिभिजन लिगमा बढुवा भए भने दुई क्लब सी डिभिजनमा घटुवा भएका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
