Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय भलिबल प्रतियोगितामा पुरस्कार राशि बढ्यो


  • मंगलबार, चैत्र २२ २०७८

  • राष्ट्रिय भलिबल प्रतियोगितामा पुरस्कार राशि बढ्यो

    काठमाडौं – छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको पुरस्कार राशि बढेको छ । यस वर्षदेखि प्रतियोगितामा पहिलो हुनेले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार रुपैयाँ पाउने नेपाल भलिबल संघले जनाएको छ ।
    संघले आगामी वैशाख १८ देखि २४ राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा छैटौं राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्दैछ । जसमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिम सहभागी हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले बताए ।
    उत्कृष्ट विधातर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५र३५ हजार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कष्ट सेटर उलकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५–१५ हजार प्राप्त गर्नेछन ।
    यस्तै उपत्यका बाहिरबाट लिगमा छनौट भएका क्लवहरुलाई प्रोत्साहन एवं बाटो खर्च स्वरुप ७० हजार रुपैयाँ दिने संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५५ लाख खर्च लाग्ने अनुमान छ । प्रतियोगिताको प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंकले १८ लाख रुपैयाँ दिनेछ ।

    प्रायोजनसम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij