Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन


  • मंगलबार, चैत्र २२ २०७८

  • रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

    काठमाडौं– सत्ता गठबन्धनको बैठकले नेपाली काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।  समितिमा कांग्रेसबाट गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पाैडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी छन् ।
    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि भएको छ ।
    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ समेत गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष गठबन्धनले निकालेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij