Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य


  • सोमबार, चैत्र २१ २०७८

  • नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

    काठमाडौं– त्रिकोणात्मक टी–२० क्रिकेटअन्तर्गत उपाधि भिडन्तमा नेपालले पिएनजीलाई १६९ रनको लक्ष्य दिएको छ।
    कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १६८ रन जोड्यो।
    नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे। उनले नटआउट ५४ रन जोडे। टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका दीपेन्द्रले खेलमा ३८ बल खेलेर ५ चौका हिर्काए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij