Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्थानीय निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय


  • मंगलबार, चैत्र १५ २०७८

  • स्थानीय निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय

    काठमाडौं- नेपाली कांग्रेसले वैशाखमा हुने स्थानीय चुनावमा अन्य दलहरूसँग तालमेल गरेर जाने निर्णय गरेको छ।
    आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर जाने सर्वसम्मत निर्णय गरेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।
    महतले भने ‘स्थानीय चुनावका लागि स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा भयो ।’ अब ‘यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्छ।’
    अब गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर अघि बढ्ने पनि महतले बताए। सत्तारूढ पाँचदलीय गठबन्धनलाई चुनावसम्मै लैजाने कांग्रेसले निर्णय गरेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij