Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सुरु


  • सोमबार, चैत्र १४ २०७८

  • नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं– नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक दिउँसो पौने १ बजेबाट सुरु भएको हो । आजको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने बताइएको छ ।
    जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी छ । शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन्
    साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ सुनाएका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij