Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेका चार नेता चीन भ्रमणमा


  • सोमबार, चैत्र ७ २०७८

  • एमालेका चार नेता चीन भ्रमणमा

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणका लागि गएका छन्।
    आज बिहान पौडेलसहित एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्यसमेत रहेकी कर्णाली प्रदेश सभा सदस्य मीनासिंह रखाल चीन प्रस्थान गरेका हुन्।
    चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू आज बिहान चीनतर्फ गएका छन्।

    उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौडेलसहित नेताहरू सात दिने भ्रमणका लागि युनान प्रान्तको कुनमिङ जान लागेका हुन ।
    कुनमिङमा इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्स्चेन्ज कार्यक्रम छ। त्यसमा पौडेल वक्ता छन्। उनीहरू चैत १४ गते स्वदेश फर्कनेछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij