काठमाडौं- राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह तीर बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् ।
चुनाव चिन्ह सार्वजनिक गर्दै अध्यक्ष थापाले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तीर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । ‘तीर’मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ ।’ राप्रपा नेपालको केन्द्रीय पदाधिकारी तथा जिल्ला अध्यक्षहरूको बैठकले पार्टीको चुनाव चिन्ह ‘तीर’ तय गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
