काठमाडौं – थाइल्याण्ड संग हुने मैत्रीपूर्ण फुटवलका लागी नेपाली राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी खेलाडीको घोषणा गरिएको छ ।
फुटवलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बेलाएका छन् । एएफसी कप छनोट खेलको तयारीमा रहेको मच्छिन्द्र क्लवका खेलाडी यो खेलमा समावेश गरिएको छैन ।
नेपाली टोलीले आउँदो चैत १० गते थाइल्यान्डको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । दुवै खेल चोनबुरीको मैदानमा हुने छ ।
नेपाली खेलाडीको सुचि यस्तो छ :
किरण चेम्जोङ, टिकेन्द्र थापा, दीप कार्की, सुमन अर्याल, दिनेश राजवंशी, नवीन गुरुङ, आशिष लामा, अनन्त तामाङ, आयुष घलान, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, दर्शन गुरुङ, नितिन थापा, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन लामा, सुदीप गुरुङ, सुरजज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द र जगजित श्रेष्ठ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
