काठमाडौं – नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए ।
एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
