Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु


  • शुक्रबार, फाल्गुन २० २०७८

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो ।
    बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने बताइएको छ ।

    माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् । महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ ।
    अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि माओवादीभित्र विवाद छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij