Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

के माओवादी फुट्नै लागेको हो ?


  • बुधबार, फाल्गुन १८ २०७८

  • के माओवादी फुट्नै लागेको हो ?

    काठमाडौ – एमसीसी संसदबाट पारित भए पछि नेकपा माओवादी केन्द्र विवादको भुमरीमा परेको छ । एमसीसीको कडा विरोधमा उगिएका नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहालसंग असन्तुष्ट छन । दाहालले पत्रकार सम्मेलनमै श्रेष्ठ लाई पार्टी छाडेर गए फरक नपर्ने बताए पछि उनी गम्भिर बनेका छन ।

    श्रेष्ठ निवासमै पुगेर दाहालले फकाउने प्रयास गरे पनि उनले दाहालको भनाइलाई सामान्य रूपमा लिन सकेका छैनन । माओवादीबाटै अलग भएर कडा धारको राजनिति गर्दै आएका नेत्र विक्रम चन्दसंग श्रेष्ठले भेटेर छलफल गरे पछि अनेक अडकलवाजी सुरु भएको छ ।

    दाहाल – श्रेष्ठ सम्बन्ध 

    दाहालको नेतृत्वमा दश वर्ष सम्प शसस्त्र युद्ध चल्दा श्रेष्ठ एकता केन्द्रका नेता थिए । अर्ध भूमिगत रहेका श्रेष्ठसंग दाहतको सम्पर्क र सम्बन्ध राम्रो थियो । पार्टी अलग भए पनि श्रेष्ठले माओवादी युद्धलाई सघाएका थिए ।

    माओवादी शान्ति प्रक्रियामा आए पछि दाहालले एकता केन्द्रसंग पार्टी एकता गरे । एकता गर्दा नै दाहालले श्रेषठलाई मोहन वैद्य र डा. वावुराम भट्टराई सरह हैसिएत दिएर उपाध्यक्ष बनाए । पार्टी सरकारमा गएको वेला पनि राम्रो हैसियत र जिम्बेवारी दिए ।

    त्यहि बेला देखि वैद्य र भट्टराई दाहालसंग टाढिए । दुवैले पार्टी नै समेत छाडे ।

    एमसीसीले बढाएको दुरी 

    दाहाल र श्रेष्ठ विच एमसीसीले दुरी बढायो । अन्त्यमा दाहालले एमसीसी पास गर्छन भन्ने आशंका श्रेष्ठमा थियो । त्यहि भएर उनी एमसीसीको विरोधमा सड्कमै ओर्लिए । संसदमा उनी निकट सांसद गिरीराजमणी पोखरेल र अन्जना विशंखेले कडा विरोध जनाए ।

    एमसीसी पारित भए पछि असन्तुष्ट श्रेष्ठलाई पार्टी छाडे पनि फरक नपर्ने आसयको अभिव्यक्ती दिएर दाहालले थप चिढाए । यतिवेला श्रेष्ठ आफु निकट नेता र अन्य कम्युनिष्ट घटकसँग सघन सम्बादमा लागेका छन । उनी आफ्नो समूह लिएर अर्को पार्टी गठन गरे वा कुनै कम्युनिष्ट पार्टीमा समाहित भए आश्चर्य नहुने उनी निकट नेताहरु बताउँछन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij