Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जसपाले असारमा विधान अधिवेशन गर्ने


  • बुधबार, फाल्गुन १८ २०७८

  • जसपाले असारमा विधान अधिवेशन गर्ने

    काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले २०७९ असारमा विधान महाधिवेशन गर्ने भएको छ। जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।
    बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्नेसमेत निर्णय गरेको छ। जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव छन्।
    साथै जसपाले फागुन २९ र ३० गते केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij