काठमाडौं– नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार फागुन २० गते विहान ११ बजे का लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
