Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु


  • बुधबार, फाल्गुन १८ २०७८

  • आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु

    काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् ।

    बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् ।

    अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ । लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij