काठमाडौं – एमसीसी संसदमा टेवल गर्न लागिएको विरोधमा साना वाम दल ले गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ । सवारी साधन कम चलेका छन भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कोटेश्वरमा ट्याक्सी जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुई जना फरार भएका छन । अन्य स्थानवाट थप पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आयोजना गरेका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
