काठमाडौं – प्रधानमन्त्री शेर वहादुर देउवाले जेठको पहिलो साता स्थानिय तहको निर्वाचन गराउने सरकारको तयारी गरिरहेको बताएका छन । नेपाली कांग्रेस वाग्मती समितिका पदाधिकारी संगको भेटमा प्रधानमन्त्री देउवाले जेठ ५ भित्र स्थानिय निर्वाचन गराउने योजना सुनाएको प्रदेश समितिका एक पदाधिकारीले बताए ।
यसै विच प्रधानमन्त्री देउवाले स्थानिय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोग संग छलफल गर्ने भएका छन । आयोगले निर्वाचनको मिति तोक्न दवाव दिदै आएको छ । सत्ता गठवन्धन दलले समेत जेठमा निर्वाचन गर्न सरकार लाई सुझाव दिइ सकेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
