काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विच भेटवार्ता भएको छ । भेटमा तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको छ ।
सोहि विषयमा छलफल गर्न भोली उच्च स्तरिय राजनितिक संयन्त्र को बैठक बोलाइएको छ । वैसाखमा स्थानिय तहको निर्वाचन मिति घोषणा गर्न सरकार माथी दवाव परिरहेको वेला माओवादी अध्यक्ष प्रचण्डले वैसाखमा संघिय संसदको निर्वाचन गर्नु पर्ने प्रस्ताव गरेका थिए ।
अहिले एकाएक तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयले प्रवेश पाएको छ । माओवादी संघिय संसदको निर्वाचन भन्दा पहिला स्थानीय निर्वाचन हुन नदिने रणनितिमा छ ।संगसंगै गठवन्धनलाई चुनव सम्म लैजाने रणनिति पनि माओवादीको छ ।
आगामी मंसिर सम्म तीनै तहको निर्वाचन गर्ने विषयमा भोली ४ बजे राजनितिक संयन्त्रको बैठकमा छलफल हुने बताइएको छ ।
स्थानिय चुनाव पर सारे मान्दैनौ : एमाले
स्थानिय चुनाव धकेल्ने निर्णय आफुहरुलाई मान्य नहुने एमालेले स्पष्ट पारेको छ । स्थानिय चुनाव धकेल्ने रणनिति माओवादीको भएको भन्दै आफुहरुलाई मान्य नहुने एमाले उपमहासचिव प्रदिप ज्ञवालीले प्रष्ट पारेका छन ।
माओवादीको जोड गठवन्धन कायम राखेर जाने र एमालेलाई एक्ल्याउने रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
