Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेन्द्र विष्ट निर्वाचित


  • बिहिबार, पुष २९ २०७८

  • एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेन्द्र विष्ट  निर्वाचित

    धनगढी – नेकपा (एमाले) को कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेन्द्र बिष्ट प्यानलसहित निर्वाचित भएका छन् । वीरबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । विष्ट कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरसमेत हुन् । कुल ४७० मत खसेकाेमा बिष्टले २८१ र थापाले १८३ मत पाएकाे निर्वाचन समितिले जनाएको छ ।

    उपाध्यक्षमा बिष्ट प्यानलका लक्ष्मी बुढा २५४ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत ल्याए । सचिवमा २३३ मतसहित पल्लबराज भट्ट विजयी भए । उनका प्रतिद्वन्द्वी अशोक चन्दले २२६ मत पाए । उपसचिवमा कर्णबहादुर चन्द ३४७ र फैरु तामाङ २९६ मत ल्याएर विजयी भएकाे निर्वाचन समितिले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij