काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमारी साह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
