Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पिर्के सलामीले आलोचना खेप्दै शहरी विकाश मन्त्री झाँक्री


  • सोमबार, पुष १९ २०७८

  • पिर्के सलामीले आलोचना खेप्दै शहरी विकाश मन्त्री झाँक्री

    काठमाडौं – नवगठित नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फवाट मन्त्री भएका हरुलाई कुनै विवादमा नपर्न र आलोचना हुने कुनै कार्य नगर्न मन्त्री परिषद विस्तार लगतै कडा निर्देशन दिए । तर उक्त पार्टीबाट मन्त्री बनेकाहरु क्रमशः विवादमा तानिन थालेका छन । आफ्ना अभिव्यक्ति अनियंत्रित भएको भनेर पर्यटन मन्त्री प्रेम आलेको आलोचना भइरहेको वेला शहरी विकाश मन्त्री रामकुमारी झाँक्री पिर्के सलामीका कारण आलोचनाकी पात्र बनेकी छिन । गृह जिल्ला गुल्मीको इलाका प्रहरी कार्यालय मा पिर्ने सलामी ग्रहण गरेर विवाद र आलोचनाको पात्र बनेकी छिन ।
    पिर्के सलामी ग्रहण गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । झाँक्री आफै पिर्के सलामीको विरोधी थिइन । उनले समाजिक सञ्जालमा पिर्के सलामी लिनेहरु प्रति कटाक्ष गर्दै लेख्ने गरेकि थिइन । उनै झाँक्री मन्त्री बने पछि पिर्के सलामी लिन पुगे पछि उनको आलोचना भएको छ । उनी मन्त्री भए पछि प्रेस, नागरिक समाज र बुद्धिजीवी प्रति आक्रामक ढंगले आलोचना गर्दै आएको थिइन ।
    पिर्के सलामी प्रति सामाजिक सञ्जालमा झाँक्री

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij