काठमाडौं – संचार सुचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन । अनलाइन पत्रकार संघको अधिवेशनको उद्घाटन गर्दै मन्त्री कार्कीले संचार क्षेत्रले पनि आफ्नो दायित्व र मर्यादालाई ख्याल गर्नुपर्ने बताए ।
संचार क्षेत्रको विकासका लागी सरकार प्रयत्नशिल रहेको बताउँदै मन्त्री कार्कीले अनलाइन संचार माध्यमलाई पनि लोककल्याणकारी . विज्ञापन उपलब्ध गराउन गृहकार्य गरिरहेको जानकारी दिए । संघको अधिवेशनको क्रममा पत्रकारहरुलाई सम्मानित र प्ररस्कृत समेत गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
