Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु


  • आइतबार, पुष ११ २०७८

  • माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु

    काठमाडौं– नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा पार्टीको महाधिवेशन उद्घाटन समारोह सुरु भएको हो ।
    महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् ।
    महाधिवेशनमा देशभरका सातवटै प्रदेश र तीनवटा गैर भौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण सहभागी भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij