Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसद खोल्ने र एमसीसी पास गर्न सर्वदलिय बैठकको तयारी


  • शुक्रबार, पुष २ २०७८

  • संसद खोल्ने र एमसीसी पास गर्न सर्वदलिय बैठकको तयारी

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाउने तयारी गरेका छन । सर्वदलिय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने र एमसीसी पास गर्ने विषयमा छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन ।

    प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ भने एमसीसी छिटो पास गर्न दवाव बढ्दै गएको छ ।

    प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाललाई सर्वदलिय बैठक बोलाउने तयारी गरेको जानकारी दिएका छन ।

    कांग्रेस महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससंग सहकार्य गर्न तयार रहेको बताए पछि सर्वदलिय बैठकको वातावरण बन्ने ठानिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij