काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २१२१ मत पाएर विजयी भएका छन् । यस्तै धनराज गुरुङले १९०८ मत प्राप्त गर्दै विजयी भएका छन् । विजयकुमार गच्छदारले भने १९०६ मत प्राप्त गरेका छन ।
यस्तै चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
