Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालुवाटारको दावी : देउवाको पक्षमा ५६ प्रतिशत मत


  • बिहिबार, मंसिर २३ २०७८

  • बालुवाटारको दावी : देउवाको पक्षमा ५६ प्रतिशत मत

     

    काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोली उद्घाटन हुँदैछ । उद्घाटन लगतै चुनावी प्रक्रिया प्रारम्भ हुन्छ । अहिलेसम्मको अवस्था हेर्दा दुई वटा समुह विच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित भएपनि संस्थापन इतरबाट सभापतिमा उठ्ने उम्मेदवारको अन्तिम टुंगो लागिसकेको छैन् । तर पनि सम्भावित परिणामको चर्चा भने सुरु भइसकेको छ ।
    समाचार स्रोतका अनुसार सभापति देउवाको पक्षमा ५६ प्रतिशत मत रहेको दावि गरिएको छ । मतदानको बेलासम्म ६० प्रतिशत पु¥याएर सहज जित हुने निष्कर्ष बालुवाटारको छ । बालुवाटार स्रोतका अनुसार देउवाको जित पहिलो चरणमा नै सुनिश्चत छ । दोस्रो चरणको निर्वाचनको बारे कल्पना समेत गरिएको छैन् ।
    संस्थाप इतरका सिंह र कोइरालाले पनि आफ्नो जित सुनिश्चित भएको दावि गर्दै आएका छन् । यद्यपी यो समुहको साझा उम्मेदवार चयन भने हुन सकेको छैन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij