Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर निर्वाचित


  • आइतबार, मंसिर १९ २०७८

  • कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर निर्वाचित

    धनगढी – नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् ।
    बलायरले ६ सय ८८ मत ल्याउँदा नारायणदत्त मिश्रले २ सय ८० मत मात्र पाएका छन् । बलायर संस्थापन समूहका उम्मेदवार हुन् । कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए ।
    पदाधिकारीमा पनि उनकै प्यानल विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थी ५२३ मतका साथ विजयी भएका छन् । महामन्त्रीमा मेघराज खड्का ६४८ र नरनारायण शाह ६३५ मत पाएर निर्वाचित भए ।
    यसैगरी सह महामन्त्रीमा चिन्तामणि भट्ट ५२९, गोपालदत्त भट्ट ५३३ र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij