हेटौंडा – नेपाली काँग्रेस वागमती प्रदेश सभापतिका लागि भएको मतदान कुनै उम्मेदवारको ५१ प्रतिशत मत नपरेपछि दोस्रो चरणको मतदान हुने भएको छ । ।
पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् । जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका बानियाँ र केसी बीच पुनः निर्वाचन हुने छ ।
कांग्रेस बागमती प्रदेशमा कूल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्ने व्यवस्था छ । त्यसैले आइतबार बिहान साढे एघार बजेपछि पुनः मतदान गर्ने तयारी भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
